२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी निर्वाचनमा समानुपातिकतर्फ ७६ दल दर्ता



काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहने ७६ दलले निर्वाचन आयोगमा निवेदन दर्ता भएका छन् ।

आयोगले दल दर्ताको लागि यही भदौ १० देखि १२ गतेसम्म दिएको समयावधिमा प्रतिनिधि सभातर्फ ६८ निवेदनमार्फत ७६ दलले दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेश एकमा ५५ निवेदनमार्फत ६३ दल, मधेश प्रदेशमा ५९ निवेदनमार्फत ६७ दल, बागमती प्रदेशमा ५८ निवेदनमार्फत ६६ दल, गण्डकी प्रदेशमा ५२ निवेदनमार्फत ६० दल, लुम्बिनी प्रदेशमा ५४ निवदेनमार्फत ६२ दल, कर्णाली प्रदेशमा ४९ निवेदनमार्फत ५७ दल र सुदूरपश्चिम प्रदेशमा ५० निवेदनमार्फत् ५८ दलले निवेदन दिएका हुन् ।

आयोगले गत साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८४ वटा दल दर्ता भएका थिए । दर्तामध्ये १२ वटा दलले तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न चार वटा समूह बनाएका छन् ।

प्रकाशित मिति : २०७९, १३ भाद्र सोमबार ००:००  १ : ५८ बजे