२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुनै पनि क्षेत्रबाट चुनाव लड्न तयार छु- नेता निधि



काठमाडौँ।  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन्।

क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले बताए।

जनकपुरधाममा बुधबार आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्रियामा कांग्रेस पूर्वउपसभापति समेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रूपमा समेत संसदमा प्रवेश गर्नसक्ने सम्भावना रहेको जानकारी गराए।

पूर्वउपप्रधानमन्त्री समेत रहेभएका नेता निधिले आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रूपमा सांसद भए पनि सहज रूपमा लिन धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे।

प्रकाशित मिति : २०७९, १६ भदौ बिहिबार ००:००  ११ : ०६ बजे