२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस



झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि  उम्मेदवार सिफारिस भएका छन् । उनि सर्वसम्मत रूपमा उम्मेदवारमा सिफारिस भएका हुन् ।

आज सङ्घीय संसद्को उम्मेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । “झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकाङ्क्षी हुनुहुन्थ्यो,  सबैले उहाँलाई समर्थन जनाउनुभयो”, उनले  भने।

मेचीनगर नगरपालिका–९ धुलाबारी निवासी शर्मा यसअघिका दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार थीए। यसैगरी नेपाली काँग्रेसले झापा–१ को ‘प्रदेश (क)का लागि बालाजित राई, तारावीर कटुवाल र गोपाल तामाङलाई प्रदेशसभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ । ‘प्रदेश (ख)का लागि लोकराज ढकाल, प्रेम सम्बाहाम्फे, लालबहादुर थेबे, देवेन्द्र गौतम र खड्ग पन्दाकको नाम प्रदेशसभा सदस्यका लागि  उम्मेदवार सिफारिस गरेको छ । -रासस

प्रकाशित मिति : २०७९, १६ भदौ बिहिबार ००:००  ३ : २२ बजे