काठमाडौँ। पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड सडक अवरुद्ध भएको छ ।
आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ ।
निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए । पहिरोका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् ।
सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो । विगत तीन दिनदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । यस सडक खण्डको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।











