२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिट बाँडफाँडको निश्कर्ष दिन नसकेपछि देउवा र प्रचण्डबीच भेटवार्ता



काठमाडौं। प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान भेटवार्ता भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँडको विषय निश्कर्षमा नपुगेको अवस्थामा दुई शीर्ष नेताहरुबीच नै भेटवार्ता भएको हो ।

दलहरुको आफ्नै अडान कायमै रहेकाले सिट बाँफाँडमा समहमति जुट्न सकेको  छैन । आइतबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको देउवा र प्रचण्डबीचको छलफलमा पनि सिट बाँडफाँडको विषय कसरी टुंगोमा पुर्याउने भन्ने विषयमा कुराकानी भएको बुझिएको छ ।

यो भेटवार्ताले कार्यदलका साथसाथै अब शीर्ष नेतृत्वको वार्ताबाटै सिट बाँडफाँडको निर्णय हुनसक्ने अनुमान गर्न सकिन्छ ।

सत्ता गठबन्धनमा सरकारको नेतृत्वसमेत गरिरहेको काँग्रेसले १०० सीट नछाड्ने अडान राखेको छ । अन्यदलहरुले भने एमालेको उक्त अडानले नै सहमति नजुटेको आरोप लगाइरहेका छन् ।

कतिपय जिल्लाहरुमा दलहरु गठबन्धन नै नगर्ने अवस्थामा पुगेका छन् । यद्यपि आजको शीर्ष नेताहरुको बैठकपछि पुन: कार्यदल र गठबन्धनको बैठक बस्ने जनाइएको छ ।

प्रकाशित मिति : २०७९, १९ भाद्र आइतबार ००:००  १२ : ११ बजे