२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकका खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका



कैलाली। नागरिकलाई आवतजावतमा सहजताकालागि टीकापुर नगरपालिकाले खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ ।

नगरपालिकामा धेरै सडक आजभोलि हिलाम्मे र खाल्डाखुल्डी छन् । त्यसैलाई ध्यानमा राखेर नगरपालिकाले आफ्नै सवारीसाधन र जनशक्ति प्रयोग गरेर सडक मर्मतजस्ता कार्य गरिरहेको छ ।

नागरिकको माग र आवश्यकता हेरेर सडक मर्मत गर्ने कार्य गरिरहेको नगरप्रमुख रामलाल डगौरा थारूले बताए । उनका अनुसार नगरले सडक निर्माणकालागि बजेट छुट्टाएको र वर्षायाम सकिए लगतै सडक निर्माणको काम सुरु हुने छ ।    

प्रकाशित मिति : २०७९, १९ भाद्र आइतबार ००:००  १२ : ५९ बजे