२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिङदेनले गरे सांसद पद त्यागको घोषणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदबाट सांसद त्यागको घोषणा गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा विषय समय लिएर बोल्दै उनले प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका हुन् ।  “चुनावको घोषणपछि अब म संसद्मा आउँदिनँ, भत्ता पकाउनकै लागि आउँदिन भन्ने सोचेको थिएँ,” उनले भने, “चुनावी तयारीमै व्यस्त हुन खोजेको थिएँ। तर म्याद बढाउन खोजेपछि बोल्नकै लागि आएको हुँ।”

संसदको म्याद चुनावपछि पनि लम्ब्याउन भइरहेको भन्दै त्यसलेल लज्जित बनाएको उनले बताए । उनले भने,‘अबबाट यहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भने लेखेर दिन पनि तयार छु ।’

प्रकाशित मिति : २०७९, १९ भदौ आइतबार ००:००  ४ : ३२ बजे