२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामहरि खतिवडाका विश्वासपात्रले चुनावको मुखैमा कांग्रेस त्यागे, राप्रपा प्रवेश



नेपाली कांग्रेस ओखलढुंगाका नेता पुष्पराज पोखरेल राप्रपा प्रवेश गरेका छन् । रुम्जाटार निवासी निर्माण व्यवसायी समेत रहेका पोखरेल मंगलबार राप्रपा प्रवेश गरेका हुन् ।

पोखरेललाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा स्वागत गरेको राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । गुरुङले देशभर राप्रपा प्रवेश गर्नेको लहर चलेको बताए ।

पोखरेल कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाका विश्वासपात्र मानिन्थे ।

प्रकाशित मिति : २०७९, २१ भदौ मंगलबार ००:००  १० : ४३ बजे