२०८३, १५ असार सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको प्रश्न : अहिलेसम्म देश किन विकास हुन सकेन ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताएका छन्। बुधबार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताए।

उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताए। उनले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताए। उनले कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए।

प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे। उनले कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताए। उनले कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने बताए। अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरुलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको बताए।

प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए। उनले देश विकासको लागि काम गर्न कर्मचारीहरुलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उल्लेख गरे।

प्रकाशित मिति : २०७९, २२ भदौ बुधबार ००:००  १ : २५ बजे