२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीको दुर्गम मुगुम कार्मारोङ पूर्ण खोप सुनिश्चित पालिका घोषणा



मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिका भित्रका खोप उमेर समूहका सबैले खोप लगाईसकेपछि पालिकालाई सुनिश्चित पालिका घोषणा गरिएको हो ।

कर्णालीको निकै दुर्गम मानिने र जनजाति बस्ती धेरै भएको उक्त पलिकामा आफूहरुको कठिन मेहनतबाट पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । नागरिकको स्वास्थ्य सुरक्षाका लागि आफुले सक्दो पहल गर्ने उनको भनाई छ ।

पछिल्लो समय स्वास्थ्यका सूचकहरुमा पनि सुधार ल्याउन सफल भएको गाउँपालिका अध्यक्ष लामाले बताएका छन् ।

प्रकाशित मिति : २०७९, २२ भाद्र बुधबार ००:००  २ : ५९ बजे