२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले राष्ट्रपतिलाई भने ‘नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएन भने राजीनामा दिनुपर्छ’



काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफूले भेटवार्ता गर्दा दोस्रो पटक पनि नागरिकता विधेयक पारित भएन भने राजीनामा दिनुपर्ने अवस्था आउने आफूले राष्ट्रपतिलाई बताएको प्रचण्डले पोखरामा पत्रकारहरूसँग बताए।

‘दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन त्यसकारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ,’ उनले भने, ‘हुन त मैले केही दिनअगाडि राष्ट्रपतिसँग भेट गर्दा उहाँचाहिँ यो विषयलाई अलि ठूलै राजनीतिक विषय बनाउने सम्भावना देखेको थिएँ। त्यसकारण नगर्ने सम्भावना पनि छ। त्यसो भयो भने अदालतमा जान्छ यो इस्यु। अदालतको फैसलापछि त्यो अघि बढ्छ। दोस्रो उहाँले राजीनामा दिनुपर्ने स्थिति आउँछ,’ उनले भने।

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो भने राजीनामा दिनुपर्ने स्थिति आउनेबारे आफूले राष्ट्रपतिलाई बताएको प्रचण्डले दाबी गरे।

‘मैले उहाँलाई भनेको थिएँ- दोस्रोपटक पनि प्रमाणीकरण गर्नु भएन भने या त राजीनामा दिनुपर्ने स्थिति आउँछ। या यो विषय अदालतमा जान्छ। तर उहाँले प्रमाणीकरण गर्नुहुन्छ होला।’ राष्ट्रपतिले गत भदौ १५ गते शितल निवासमा प्रचण्डसँग कुराकानी गरेकी थिइन्।

प्रकाशित मिति : २०७९, २४ भाद्र शुक्रबार ००:००  ११ : ०३ बजे