काठमाडौं। विगत ६ महिनादेखि टेकु स्टेसनमा थुपारिएको फोहोर काठमाडौं महानगरपालिकाले उठाएको छ । महानगरपालिकाले टेकु स्टेसनमा थुप्रिएको फोहोर २० दिन लगाएर उठाएको हो ।
गत भदौ २ गतेदेखि स्टेसनमा थुप्रिएको फोहोर उठाएर बञ्चरेडाँडा पठाउन थालेको थियो । २० दिनमा लगभग १५ सय टिपर फोहोर व्यवस्थापन भएको महानगरको वातारण विभागमा कार्यरत नगर प्रहरी डिएसपी पूर्ण चन्द्र भटले जानकारी दिए ।
उनका अनुसार टेकुमा गत माघ २६ गतेदेखि फोहोर जम्मा हुन थालेको थियो । गत माघ २६ गतेदेखि सिसडोलबासीहरुले आन्दोलन गर्दा फोहोर व्यवस्थापन बन्द हुन पुगेको उनले बताए ।
पटकपटकको बन्दले केही समयदेखिको फोहोर जम्मा भएर भयावह स्थिति भइसकेको थियो, उनले भने, तीनवर्षमा दोस्रोपटक स्टेसनको फोहोर पुरै हटाइएका छ ।











