२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किरत काठमाडौं उपत्यकाको अध्यक्षमा राई निर्वाचित



काठमाडौं । किरात राई पत्रकार संघ काठमाडौं उपत्यका समन्वय समितिको अध्यक्षमा पत्रकार श्याम राई चयन भएका छन् । किरात राई यायोक्खाको मुख्यालय कोटेश्वमा शुक्रबार सम्पन्न ५औं अधिवेशनले पत्रकार श्याम राईको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मकल राई र बबिता निर्वाचित भएका छन् भने सचिवको जिम्मेवारी पत्रकार धनबल राईले पाएका छन् । यस्तै सहसचिवमा तेज किराती, कोषाध्यक्षको जिम्मेवारी जेनी राईले पाएकी छिन् । समिति ९ सदस्यीय बन्ने र बाँकी २ जना सदस्य पछि मनोनीत गर्ने समितिको पहिलो बैठकले निर्णय गरेको छ ।

यसैबीच, कार्यक्रममा किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार गणेश राई सम्मानित भएका छन् । विशिष्ट अतिथिका रूपमा रहेका राईलाई समितिले सम्मान पत्रका साथमा किराती परम्पराअनुसार फेटा बाँधिदिएर सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा किरात राई पत्रकार संघको ५औं केन्द्रीय अधिवेशन आयोजक समितिका संयोजक अवतार राई रहेका थिए भने कार्यक्रमका बिच आयोजक समितिका सदस्य—सचिव कृष्णजित राईसँगै किरात राई पत्रकार संघका निवर्तमान केन्द्रीय सचिव सन्दीप राईलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७९, २४ भाद्र शुक्रबार ००:००  ३ : ४३ बजे