२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालोसूचीमा सन्दिप लामिछाने



काठमाडौं। अध्यागमन विभागले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दिपलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो।

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सन्दिप जतिबेला पनि नेपाल आउनसक्ने भन्दै प्रहरीलाई एलर्ट राखेको छ । जिल्ला अदालतले गत बिहीबार उनलाई पक्राउ पर्न अनुमति दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । प्रहरीले सन्दिप हवाई वा स्थल जुनसुकै मार्गबाट आउन सक्ने भएकाले देशैभरका प्रहरीलाई पत्राचार गरेको छ । सन्दिप हाल वेस्ट इण्डिजमा छन् ।

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै लामिछानेविरूद्ध गत मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

प्रकाशित मिति : २०७९, २६ भदौ आइतबार ००:००  ५ : ०४ बजे