२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनधिकृत संरचना हटाउन इनरुवाको ३५ दिन अल्टिमेटम



सुनसरी। इनरुवा नगरपालिकाले सडक पेटी व्यवस्थित गर्नका लागि ३५ दिने सूचना जारी गरेको छ ।

इनरुवा नगरपालिका क्षेत्रभित्रका सडक पेटीमा अनधिकृत रूपले बनाइएका संरचना हटाउन र सडक पेटी खाली गर्न नगरपालिकाले सो सूचना जारी गरेको हो ।

‘सडकपेटीमा थुपारिएका निर्माणलगायत व्यापारिक सामग्री यथाशीघ्र हटाई सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्न गराउन हुन अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।

सूचनालाई बेवास्था गरेमा कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने नगरले  चेतावनीसमेत दिएको छ ।  

प्रकाशित मिति : २०७९, २७ भाद्र सोमबार ००:००  ११ : ५७ बजे