२०८२, १२ चैत्र बिहीबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुत्केरी विदामा रहँदा इस्मा गाउँपालिकाले स्वयंसेवक शिक्षक राख्ने



गुल्मी। इस्मा गाउँपालिकाले महिला शिक्षक सुत्केरी विदामा रहँदा पठनपाठन गर्न स्वयंसेवक शिक्षक राख्ने भएको छ ।

शिक्षकहरू विदामा रहँदा सिकाइमा असर परेको भन्दै कार्यपालिकाको बैठकले शिक्षक स्वयंसेवक राख्ने निर्णय गरेको हो ।

विद्यालयमा कुनै महिला शिक्षक सुत्केरी भएको समयमा अथवा कुनै शिक्षक कुनै कारणबस लामो बिदामा बसेको समयमा विद्यालयमा पठनपाठनमा समस्या नहोस भनेर उक्त व्यवस्था गरिएको पालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।

ती शिक्षक कर्मचारीलाई वडा अनुसार क्षेत्र ताकेर पठाईने र खाली रहेको कक्षाकोठामा उनीहरूले अध्ययन गराउने उपाध्यक्ष कुँवरको भनाइ छ ।

प्रकाशित मिति : २०७९, ३१ भाद्र शुक्रबार ००:००  १० : ३० बजे