२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी उपमहानगरमा भुक्तानीको सबैकाम अनलाइनबाटै



धनगढी । धनगढी उपमहानगरपालिकाले कार्यालयबाट हुने भुक्तानी, राजस्व दाखिलालगायत काम अब अनलाइनबाटै हुने व्यवस्था गरिएको छ ।

आर्थिक वर्ष सकिने बेला दिएका चेक दुई महिनासम्म नसाटिने अवस्था हुने छैन । काम सम्पन्न भएको प्रतिवेदनका आधारमा भुक्तानी आदेश दिएलगत्तै सम्बन्धितको खातामा पैसा पुग्ने उपमहानगरले जनाएको छ । भुक्तानी माग गर्नेको खातामा सरकारी पैसा पठाइने व्यवस्था उपममहानगरले गरेको हो ।

विद्युतीय भुक्तानी हुने भएपछि निर्माण व्यवसायी तथा उपभोक्ताले चेकका लागि उपमहानगर धाउनुपर्ने छैन । सम्पूर्ण आर्थिक कारोबारका लागि विद्युतीय भुक्तानीको व्यवस्था गरिएको उपमहानगरको दाबी छ ।

प्रकाशित मिति : २०७९, २ आश्विन आइतबार ००:००  ३ : ३४ बजे