२०८३, १ असार सोमबार | Mon Jun 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा शान्ति यात्रा



काठमाडौँ । युवाहरूको सहभागितामा युवा शान्ति यात्रा सुरु भएको छ । हिमाल पहाड तराई कोही छैन पराई भन्ने मूल नाराको साथ सुरु भएको यस यात्राको मुख्य उद्देश्य चुनावमा हुने हिंसालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा आम मानिसमा जानकारी प्रदान गर्ने रहेको छ ।

यस यात्रामा युवाहरूले विभिन्न ठाँउमा गएर त्यहाँका समुदायहरूमा आफूहरूले तयार पारेको नाटक, शान्ति कायम गर्ने गीतहरू लगायतका प्रस्तुती मार्फत आम मानिसमा सूचना फैलाउने उनीहरूको भनाई छ ।

 आज असोज २ गतेबाट सुरु गरिएको उक्त यात्रा ११ गते सम्म हुने सञ्चालन गरिने छ । यात्रा काठमाडौँको पशुपति नाथ बाट सुरु गरी लुम्बिनी हुँदै मुक्तिनाथ सम्म पुग्ने छ । यात्रामा १२ जना युवा अभियन्ताहरूको सहभागिता रहने छ ।

प्रकाशित मिति : २०७९, २ आश्विन आइतबार ००:००  ३ : ५१ बजे