२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदै



बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुनेछ ।

अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । महारानी एलिजाबेथको अन्तिम संस्कार विन्ड्सरमा रहेकाे किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बीबीसीले जनाएको छ । राजकीय अन्तिम संस्कारमा उहाँको परिवारसहित विश्वका शीर्ष नेताहरुसमेत सहभागी भएका छन् ।

बेलायत सरकारले यसअघि नै महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो । विश्वका शीर्ष नेताहरु एकैपटक लण्डनमा भेला भएको यो दशकौँपछिको संयोग पनि हो ।

झण्डै ७ दशक शासन गरेकी महारानी एलिजाबेथको गएको भदौ २४ गते निधन भएको थियो । आज बेलायतमा सार्वजनिक बिदाको घोषणा गरिएको छ । महारानीको निधनलगत्तै बेलायतमा केही कार्यक्रमहरू स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २०७९, ३ आश्विन सोमबार ००:००  ९ : ३३ बजे