२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीमा चार जना खसी चोर पक्राउ



सिन्धुली। दसैं नजिकिएसँगै यहाँ चोरीका घटना बढ्न थालेको छ । जंगलमा चराउन लगेको खसी चोरी गरेर सिन्धुलीमाडी बजारमा बिक्री गर्न लागेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

कमलामाई नगरपालिका ५ सिलामेका शंकर श्रेष्ठको खसी चोरेर बजारमा ल्याई बिक्री गर्न लाग्दा प्रहरीले खसी र तीनजना चोरलाई पक्राउ गरेको हो । प्रहरी अनुसार पक्राउ पर्नेमा कमलामाई नगरपालिका ८ का २१ वर्षीय सुरेन्द्र घलान, २७ वर्षीय रामबहादुर वाइबा र अर्का एक जना रहेका छन् ।

चार दिनअघि जंगलमा चराउन लगेको खसी हराएपछि श्रेष्ठले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीकै आधारमा प्रहरीले खसी र चोरहरुलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको सिन्धुली प्रहरीका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए । प्रहरीले दसैं नजिकिएसँगै खसी तथा अन्य धनमाल चोरी गर्ने गिरोह सक्रिय हुने भएकाले सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९, ३ आश्विन सोमबार ००:००  १ : ५६ बजे