२०८२, ५ पुस शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपाले मधेसको मुद्दा बचेको भन्दै पाँच सांसदले पार्टी त्यागे



काठमाडौं । निर्वाचनको सम्मुखमा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा र प्रदेश सभाका गरी पाँच निवर्तमान सांसदले पार्टी छोडेका छन्।

२०७४ मा जसपाबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा सांसद भएका तीन र प्रदेश सभामा सांसद रहेका दुई जनाले एक साताको अवधिमा पार्टी छोडेका छन्। दल त्याग गरेका उनीहरुले जसपाले अवसरबाट बञ्चित गराएको देखि मधेसको मुद्दा बेचेर अवसरवादको राजनीतिक गरेको आरोप लगाएका छन्।

जसपा त्याग्नेहरुमा केन्द्रीय कार्यकारिणी समिति सदस्य अमृता अग्रहरि, केन्द्रीय सदस्यद्वय रेणुका गुरुङ र रुही नाज छन्। उनीहरुमध्ये अग्रहरि र रुही नाज नेकपा एमाले प्रवेश गरेका छन्। कपिलवस्तुकी अग्रहरिलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासबाट पार्टीमा स्वागत गरेका थिए भने नाज धनुषामा आयोजित कार्यक्रमबाट एमालेमा गएकी थिइन्।

जसपा त्याग्नेको सूचीमा केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रहेकी रिना यादव पनि छिन्। यस्तै प्रदेशसभा सदस्य तथा केन्द्रीय सदस्य अन्जु यादव पनि भदौ २७ मा धनुषामा आयोजित कार्यक्रमबाट एमालेमा गएकी थिइन्। उनीहरु दुवै प्रदेश सभामा समानुपातिक सांसद थिए।

उनीहरुले जसपालाई नै अवसरवादी पार्टीको आरोप लगाएका छन्। आइतबार एमाले प्रवेश गरेकी अमृता अग्रहरिले जसपाको अवसरवादी चरित्रका कारण आफूले पार्टी त्याग गरेको बताइन्। जसपाले मधेसको मुद्दा बेचेको उनको आरोप थियो।

जसपाले भने विगतमा पार्टीबाट लाभ लिएकाहरुले फेरि लाभको पद नपाउने भएपछि पार्टीलाई विभिन्न आरोप लगाउँदै दल त्याग गरेको बताएको छ। यसले जसपालाई कुनै फरक नपर्ने नेता रामसहाय यादव बताउँछन्।

‘पार्टीबाट विगतमा अवसर लिएर अहिले फेरि सांसद नहुने स्थिति देखेपछि उहाँहरुले दल त्याग्नुभएको हो। यसले जसपालाई कुनै नोक्सान पुर्‍याउने छैन। निर्वाचनको संघारमा दल बदल्ने कुरा सामान्य हो। हाम्रो पार्टीमा पनि अन्यत्रबाट केही नेता आउनुभएको छ,’ उनले भने।

प्रकाशित मिति : २०७९, ४ आश्विन मंगलबार ००:००  १० : ३४ बजे