२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुस्ताको नमूना योग्य कदम : सबै छोरीको नाममा २५ हजारको अक्षय कोष स्थापना



काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिकाले पालिका भित्रका सबै छोरीको नाउँमा अक्षय कोष स्थापना गर्ने भएको छ । पालिकाले साउन महिनायता जन्मेका हरेक छोरीको नाममा बैंक खाता सञ्चालन गरी अक्षय कोष स्थापना गर्ने भएको हो ।

२०७९ साउनयता  जन्मिएका सबै छोरीले यो सेवा पाउने नीतिगत व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले बताए । छोरी जन्मिएपछि वडामा पुगेर जन्मदर्ता गराएसँगै सरकारी तवरबाटै अक्षय कोष स्थापनाको प्रकृया थालनी हुने उनको भनाई छ ।

जन्मदर्ता गरेपछि छोरीको नाममा पालिकाले २५ हजार रुपैया बराबरको अक्षयकोष स्थापना गर्ने भएको छ । उक्त रकम २० वर्ष पूरा भइसकेपछि पढाइ, व्यवसाय तथा बिहेवारी खर्चको लागि पनि प्रयोग गर्न सकिने छ ।

तराईको पालिका भएकाले दाईजो प्रथा हुने भएकोले सो रकमले छोरीको विवाह गर्न सहज हुने पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७९, ५ आश्विन बुधबार ००:००  ५ : ३३ बजे