२०८२, १२ चैत्र बिहीबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलमिलापकर्तालाई सूचीकृत गर्दै काठेखोला पालिका



काठमाडौं । बागलुङको काठेखोला  गाउँपालिकाले पालिकाका विवाद निरुपणका लागि मेलमिलापकर्तालाई  सूचीकृत गर्न थालेको छ । मेलमिलापको माध्ययमबाट सामुदायिक विवाद निरुपणका लागि पालिकाले सात दिनभित्र सूचीकृत गर्न थालेको हो ।

मेलमिलाप कर्ताको रुपमा सूचीकृत हुनका लागि कम्तिमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको, कुनै राजनीतिक दलमा आबद्ध तथा सक्रिय नरहेको, स्थानीय स्तरमा समाजसेवी पहिचान बनाएको, मेलमिलापकर्ताको ४८ घण्टा तालिम लिई मेलमिलापकर्ताको कार्य गर्दै आएको, २५ वर्ष पूरा भएको, र नेपाली नागरिकताको प्रमाणपत्र हुनुपर्ने गाउँपालिका अध्यक्ष राजु थापाले बताए ।

‘यस गाउँपालिकाको बस्तीहरुमा हुने सामुदायिक विवादहरुलाई मेलमिलापको माध्ययमबाट निरुपण गर्न मेलमिलापकर्ताको सूची तयार पार्नुपर्ने भएकोले तपसिल बमोजिमका योग्यता भएका ब्यक्तिहरुले मेलमिलापकर्ताको रुपमा सूचीकृत हुनका लागि यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र यस गाउँपालिकाको कार्यालयमा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ गाउँपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७९, ५ आश्विन बुधबार ००:००  ५ : ४६ बजे