२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति भण्डारीबाट पुरस्कार नलिने प्रेस युनियन सचिव भण्डारीको घोषणा



काठमाडौं । नेपाल प्रेस युनियनका सचिव खगेन्द्र भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कार ग्रहण नगर्ने घोषणा गरेका छन् । प्रेस काउन्सीलले युवा पत्रकारिता पुरस्कार सचिव भण्डारीलाई पनि दिने घोषणा गरेको थियो । राष्ट्रपतिको असंवैधानिक कदमको विरोध स्वरुप राष्ट्रपतिको हातबाट वितरण हुने उक्त पुरस्कार नलिने भन्दै पत्रकार भण्डारीले फेसबुकमा स्ट्याटस लेखेका छन् । ‘यसवर्षको पुरस्कारका लागि मलाई पनि छनोट गरेकोमा प्रेस काउन्सिललाई धन्यवाद । सदैव लोकतन्त्र र संवैधानिक सर्वाेच्चतालाई आत्मसात गर्दै आएको म राष्ट्रपतिको हातबाट उक्त पुरस्कार नलिने घोषणा गर्दछु । यो पुरस्कारप्रति होइन, राष्ट्रपतिको असंवैधानिक कदमको विरोध हो ।

राष्ट्रपतिले नागरिकता विद्ययक प्रमाणिकरण नगरेपछि विभिन्न कोणबाट बहस भईरहेका छन् ।

प्रकाशित मिति : २०७९, ६ आश्विन बिहीबार ००:००  ८ : २३ बजे