२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा १२ हजार बढी भोट ल्याएर चुनाव जित्ने रामहरि खतिवडाको दावी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने दावी गरेका छन् । चुनावी प्रचार भेला र कार्यकर्तासँगको आन्तरिक परामर्शबाट निकालेको हिसाब सुनाउँदै खतिवडाले यसपटक आफुले १२ हजार बढी भोट ल्याएर चुनाव जित्ने दावी गरेका हुन् ।

नेपाली कांग्रेस एक भएको र गठबन्धन दलको मत समेत जोड्दा आफ्नो जितलाई कसैले रोक्न नसक्ने उनको तर्क छ । ‘विगत जस्तो कांग्रेसभित्र मनमोटाव छैन । हामीलाई गठबन्धन दलको पनि साथ छ ।’ खतिवडाले अनलाइन सरोकारसँग भने, ‘मैले ५ वर्षअघि ५ हजार हाराहारि भोटले हारेँ यो पटक दुवै प्रादेशिक निर्वाचन क्षेत्रबाट ६/६ हजार मतान्तर हुन्छ । १२ हजार भन्दा बढी भोटले चुनाव सजिलै जित्छु ।’ निर्वाचित सांसदले जनताको पक्षमा र जिल्लाको विकासमा काम गर्न नसकेका कारण आफुले सहज जित निकाल्ने उनले बताए ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले पाएको मत विश्लेषणका आधारमा खतिवडा चुनाव जित्नेमा ढुक्क छन् ।

उम्मेदवार धेरै भएपनि मुख्य प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवार र कांग्रेसका रामहरि खतिवडा नै हुन् ।

प्रकाशित मिति : २०७९, ३१ आश्विन सोमबार ००:००  ६ : १३ बजे