२०८२, १२ चैत्र बिहीबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचित स्थानीय तहमा प्रचार-प्रसार नगर्न जनप्रतिनिधिलाई आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आफू बहाल रहेको पालिकामा प्रचार नगर्न निर्देशन दिएको छ।

आचारसंहिता पालनाबारे सात बुँदे निर्देशन जारी गर्दै आयोगले यस्तो भनेको हो।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा बमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा निर्वाचन प्रचार प्रसार नगर्ने र सो नियमको प्रतिबन्धात्मक अशको खण्ड (४) बमोजिम अन्य स्थानीय तहमा निर्वाचन प्रचार प्रसार गर्दा तथा प्रचार प्रसारका लागि जादा वा आउँदा समेत सरकारी साधन तथा जनशक्ति उपयोग नगर्ने,’ आयोगले जारी गरेको निर्देशनमा भनिएको छ।

आयोगले कात्तिक १२ गतेअघि कुनै पनि राजनीतिक उम्मेदवारले आमसभा तथा कोणसभा नगर्न निर्देशन दिएको छ। आयोगले अनुमति दिएको सवारी साधनमात्रै प्रयोग गर्न आयोगले भनेको छ।

प्रकाशित मिति : २०७९, २ कार्तिक बुधबार ००:००  १ : ३३ बजे