२०८२, ५ पुस शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेसम्मका चुनावमध्ये सहज भएको भन्दै प्रचण्डले भने गोरखामा रिल्याक्स फिल गरेको छु



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको चुनावमध्ये आफ्ना लागि गोरखा सहज भएको बताएका छन् । उनले गोरखामा रिल्याक्स फिल गरेको पनि बताए ।

आइतबार बिहान भच्चेकमा कार्यकर्ता तथा मतदाता माझ छोटो अन्तरक्रियामा उनले गठबन्धनभित्र दरिलो एकता भएको बताएका छन् ।

प्रचण्डले भने, ‘गोरखा आउन पाएकोमा खुसी छु । अहिलेसम्मको निर्वाचनमा भन्नुपर्दा मेरो लागि एक ढंगले सहज । यहाँ आउँदा रिल्याक्सजस्तो फिल गरेको छु । गोरखामा निश्चित सपना बोकेर आएको छु । गोरखामा आउनुको उद्श्य इतिहास, पछिल्लो माओवादी आन्दोलनको दृष्टिकोणले गोरखा महत्वपूर्ण जिल्लाभित्र पर्छ । गठबन्धनभित्र पनि दरिलो एकता भएको छ ।’

राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको परिवर्तन सुशासन र विकासले गति लिएर परिवर्तनको औचित्य सिद्ध गर्ने कुरा भनेको जस्तो नभएको उनले स्वीकारे ।

भौतिक पूर्वाधार, सडक सञ्जाल गोरखामा आफ्नो प्राथमिकता भएको भन्दै प्रचण्डले विकास र समृद्धिको यात्रा गोरखाबाट सुरू गरेर संसारभरलाई देखाउने दाबी गरे ।

‘गोरखामा भौगोलिक, ऐतिहासिक, साँस्कृतिक आधार छन् । आउने ५ देखि १० वर्षभित्र नेपालमा समृद्धिको नयाँ अभियान अघि बढाएर सफल पार्न सकिएन भने राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न गार्‍हो हुन्छ । जनक्रान्तिको थलोबाटै यसको थालनी गर्न तपाईँमाझ आएको छु’, उनको भनाइ थियो ।

गोरखामा आफूलाई ल्याएकोमा प्रचण्डले बाबुराम भट्टराईलाई धन्यवादसमेत दिए ।

उनले भने, ‘सधैँ एउटै मान्छे एकैठाउँमा हुँदैन भन्ने बाबुरामजीले भन्नुभयो उहाँमा त्यो उदारता र भावना छ । तर, मलाई यहाँ ल्याएर तँ चाहिँ यहाँ हुनुपर्छ भन्नुभो त्यसका लागि विशेष धन्यवाद ।’

प्रकाशित मिति : २०७९, १३ कार्तिक आइतबार ००:००  १ : ०९ बजे