२०८२, १० चैत्र मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किएर बालकको मृत्यु



काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ।

बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलका १३ वर्षीय आयुष्मान दाहाल बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए।

प्रहरीका अनुसार घटना स्कुल बाहिर भएको थियो। गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो। दाहाल बसको पछाडिको सिटमा बसेका थिए।

उनी ५ कक्षामा अध्ययरत थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

पोष्टमार्टमको लागि दाहालको शव टिचिङ अस्पतालमा राखिएको छ। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०७९, १७ कार्तिक बिहीबार ००:००  ११ : ३७ बजे