२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले आफ्ना उम्मेदवारलाई दियो चुनाव लड्न पैसा



काठमाडौं। नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई चुनाव लड्न पैसा दिएको छ।टिकट वितरण गर्दा नै कांग्रेसले उम्मेदवारलाई पैसा दिएको हो।

मंसिर ४ मा हुने चुनावका लागि कांग्रेसबाट प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जनाले उम्मेदवारी दिएका थिए।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधि सभा उम्मेदवारका लागि चार लाख रूपैयाँका दरले पार्टीले चुनावी खर्च दिएको बताए।

उनकाअनुसार प्रदेश सभातर्फ उम्मेदवारका लागि भने दुई लाख रूपैयाँका दरले चुनावी खर्च दिइएको छ।

‘टिकटसँगै उम्मेदवारलाई चुनवी खर्च दिएका हौं,’ उनले भने, ‘पार्टीमा क्रियाशील सदस्यता, नवीकरण तथा लेबीलगायतबाट उठेको पैसा उम्मेदवारलाई चुनावमा खर्च गर्न दिइएको हो।’

कांग्रेसले विगतका चुनावमा पनि उम्मेदवारलाई खर्च दिने गर्दथ्यो।

‘गिरिजाप्रसाद कोइराला सभापति हुँदादेखि नै उम्मेदवारलाई पार्टीले बाटो खर्च दिन थालेको थियो। यसपालि पनि निरन्तरता दिएका छौं,’ उनले भने।

प्रकाशित मिति : २०७९, २० कार्तिक आइतबार ००:००  १२ : ४६ बजे