२०८२, १० चैत्र मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु गगन थापा



काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं– ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगन थापाले आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । मंगलबार बिहान निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै थापाले मतदाताले व्यक्त गरेको मनको कुरा पुरा गर्ने बताए ।

‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ,’ उनी भन्छन् ।
उनले अहिले जनताले नेपाललाई हाक्ने नयाँ चालक खोजेको भन्दै त्यो चालक कांग्रेसभित्रै भएको उनको भनाइ छ । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।

प्रकाशित मिति : २०७९, ६ मंसिर मंगलबार ००:००  २ : ३८ बजे