२०८३, १८ बैशाख शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु



दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन गौतमले जानकारी दिए ।

नारायणपुरबाट विद्यार्थीलाई छोड्न गएको बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट बसको ठक्करबाट बालिकाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । बालिकालाई ठक्कर दिए लगत्तै भागेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यसैबीच पश्चिम दाङमा एक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका –२ सिम निवासी ४० वर्षका नवराज डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९, ७ मंसिर बुधबार ००:००  ११ : ५८ बजे