२०८३, १८ बैशाख शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसभन्दा ४८ हजार मतले अघि रहँदै एमालेले समानुपातिकमा कटायो १० लाख मत



काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसमातर्फ समानुपातिकमा १० लाख मत कटाएको छ । नेपाली कांग्रेससँग ४८ हजारभन्दा बढी मतको अग्रतासहित एमालेले १० लाखको आँकडा पार गरेको हो । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ १० लाख ५ हजार ७२० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५७ हजार ६४० मत प्राप्त गरेको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार ६३१ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्र भने ४ लाख ४२ हजार १३२ मतसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म २ लाख ५५ हजार ७५१ मत प्राप्त गरेको छ । जसपा नेपाल भने एक लाख २८ हजार ३५ मतसहित छैटौँ नम्बरमा छ ।

प्रकाशित मिति : २०७९, ९ मंसिर शुक्रबार ००:००  ११ : ३६ बजे