२०८२, ९ चैत्र सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करोडौँ मूल्यका सवारी साधन वीरगञ्ज भन्सारमा थन्किए



सवारी साधन आयातकर्ताले आयात गरेका झण्डै दुई हजार साना–ठुला सवारी साधन वीरगन्ज भन्सार कार्यालयमा थन्किएका छन् । नेपालकै प्रमुख भन्सार नाकाको रूपमा रहेको वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा ती सवारी साधन थन्किएका हुन् ।

व्यवसायीको शोरुम र गोदाममा हुनुपर्ने ती सवारी साधन बजारमा देखिएको आर्थिक अभाव र सवारी साधन बिक्रीमा आएको गिरावटका कारण भन्सार परिसरमा थन्किएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । बिलासिताका बस्तुमा पर्ने सवारी साधनको आयातमा सरकारले लगाएको रोकसँगै सवारी साधनको खरिदमा बैंकले ऋण लगानी समेत रोक्का गरेको छ । जसले गर्दा सवारी साधनहरू आयातकर्ताले भन्सारबाट जाँचपास गराउन सकेका छैनन् ।

प्रकाशित मिति : २०७९, ७ पुस बिहीबार ००:००  ११ : ४४ बजे