२०८२, ९ चैत्र सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शपथका लागि अस्पतालबाट नयाँ बानेश्वर जाँदै माधव नेपाल



काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माधव कुमार नेपाल शपथमा उपस्थित हुने भएका छन् । तीन दिनयता त्रिवि शिक्षण अस्पतालमा उपचारमा उपचाररत नेपाल अस्पतालबाट नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरुको शपथमा जाने तय भएको समाजवादी प्रेस संगठनका नेता विश्वमणि सुवेदीले जानकारी दिए ।

उनका अनुसार शपथपछि नेपाल फेरि अस्पताल नै फर्किने छन् । ‘अस्पतालबाट शपथमा, त्यसपछि फेरि अस्पतालमै । पार्टी अध्यक्ष क। माधवकुमार नेपालको आजको सेड्युल’, सुवेदीको भनाइ छ ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउँदै छन् ।

प्रकाशित मिति : २०७९, ७ पुस बिहीबार ००:००  ११ : ५७ बजे