२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज बालुवाटार छाड्दै देउवा, मर्मत हुँदैछ बूढानिलकण्ठको घर, कहाँ बस्छन्



काठमाडौं। निवर्तमान प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सरकारी निवास छाड्ने भएका छन्।

देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन्।

आजै अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ छ। प्रचण्डको शपथअघि नै देउवा बालुवाटार छाड्ने तयारीमा छन्।

बालुवाटारबाट निस्केर पूर्वप्रधानमन्त्री देउवा कहाँ बस्न जाने हो यकिन छैन। किनभने देउवाको बूढानिलकण्ठ स्थित घर मर्मत भइरहेको छ।

देउवा निकट स्रोतका अनुसार बूढानिलकण्ठस्थित देउवाको घरको भित्री भाग र बाहिर मर्मत र कोठा थप गर्ने काम भइरहेको छ। उक्त घरमा तत्काल बस्न मिल्ने अवस्था छैन।

घर मर्मत नसकिएसम्म सभापति देउवा बूढानिलकण्ठकै कुनै एक होटलमा बस्ने तयारीमा छन्।

प्रकाशित मिति : २०७९, ११ पुस सोमबार ००:००  ११ : २० बजे