२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिसंखुपाखरका दुर्गम गाउँमा समेत इन्टरनेट सेवा विस्तार



सिन्धुपाल्चाेक । नेपाल टेलिकम र एनसेलको मोबाइल नेटवर्क राम्रोसँग नटिप्ने लिसंखुपाखर गाउँपालिकामा इन्टरनेट सुविधा विस्तार गरिएको छ।

गाउँपालिकाले ६४ लाख खर्च गरेर ५१ वटा सरकारी निकायमा इन्टरनेट जडान गरेको गाउँपालिका अध्यक्ष राजु लामाले बताए। ‘तीन वर्षका लागि सरकारी कार्यालय र विद्यालयमा इन्टरनेट सुविधा जडान गरिएको छ,’ उनले भने।

गाउँपालिकाभित्रका ३३ विद्यालय, सात स्वास्थ्यचौकी, सात वटा वडा कार्यालय, तीन प्रहरी चौकी, कृषि कार्यालय र पालिकाको दुई वटा भवनमा तीन वर्षका लागि इन्टरनेट सेवा जोडिएको हो। सरकारी कार्यालय र विद्यालयमा जोडिएको इन्टरनेटबाट स्थानीयसमेत लाभान्वित भएका छन्।

सो क्षेत्रआसपासका स्थानीयले निःशुल्क इन्टरनेट चलाउन पाएका छन्। इन्टरनेट जडानपछि बालबालिकालाई मोबाइल फोन प्रयोग गरेर अध्ययन गर्न सहज भएको छ।

प्रकाशित मिति : २०७९, २३ पुस शनिबार ००:००  १ : ०१ बजे