२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एस प्रवेश गर्दै घनश्याम भुसाल



काठमाडौं । नेकपा एमाले परित्याग गरेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्।

केही दिनभित्रै नेकपा एस प्रवेशको तयारी भुसालले गरेका हुन्। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले अहिल्यै टुंगो नलागेको बताए।

भुसालले नेकपा एसमा महासचिव मागेका छन् । तर, उनलाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी छ।

भुसालले एमालेबाट आफूसँगै केही नेता कार्यकर्ता पनि लैजान पहल गरेका छन् ।

भुसालसँगै एमाले छाडेका योगेन्द्र शाही माओवादीबाट प्रदेश सभाको उम्मेदवार बनेर पराजित भएका थिए ।

एमालेमा घनश्यामलाई साथ दिएका धेरै नेताहरू अब उनीसँग नजाने भएका छन् । कतिपय छलफलमै छन् ।

टंक कार्की, उषाकिरण तिमल्सिना, अरविन्द सिंह, सुरेन्द्र मानन्धर, दीपक प्रकाश पाठक लगायतका नेतालाई भुसालको कदममा साथ दिने मानिए पनि कार्कीबाहेक अरूले एमाले नछाड्ने जानकारी गराएको बताइन्छ ।

भुसालनिकट केही युवा विद्यार्थी भने उनीसँगै नेकपा एसमा जानेछन् ।

प्रकाशित मिति : २०७९, २६ पुस मंगलबार ००:००  १२ : २२ बजे