२०८३, २९ भदौ सोमबार | Mon Sep 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्कुटर दुर्घटनामा परी मकवानपुरमा तीनजनाको मृत्यु, ठक्कर दिने सवारीको खोजी जारी



हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरे भलादमी चोकमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

गएराति पूर्व(पश्चिम राजमार्गअन्तर्गत मनहरीको ज्यामिरेमा ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटनाग्रस्त देखेपछि मोटरसाइकल यात्रीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले घाइते अवस्थामा भेटिएका तीनैजनाको उपचारको क्रममा मृत्यु भएको बताए ।

कार्कीका अनुसार मृत्यु हुनेमा मनहरी ८ सिम्पानीका अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, ३२ वर्षीय मिलन मोक्तान र राक्सिराङ(३ लावती बस्ने अन्दाजी ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । तीनैजनाको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७९, २९ पुस शुक्रबार ००:००  १० : ५९ बजे