२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेसमा किसान कार्ड लागु गर्ने कृषिमन्त्रीको घोषणा



मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहले किसान कार्ड लागु गर्ने घोषणा गरेका छन् ।

मलखादको समस्या समाधानका लागि कार्यक्रम ल्याउने पनि उनले बताए ।

जनमत पार्टीले किसानका समस्या समाधानको माग राखेर किसान आन्दोलन गर्दै आएको थियो । पदभार ग्रहण गरे लगत्तै उनले आफूहरुले अघि सारेको माग पत्र देखाउँदै आफूहरुले जे माग राखेर आन्दोलन गरेको हो तिनै माग पूरा गर्ने उनले बताए ।

मन्त्री कुशवाहले उखु किसानका माग पूरा गर्नका लागि मूल्य निर्धारण भएका कागजात अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताए ।

मधेस प्रदेशमा आफूहरुले कृषि र सामाजिक विकास मन्त्रालयमा दाबी गरेको पनि उनले बताए ।

प्रकाशित मिति : २०७९, १३ माघ शुक्रबार ००:००  १ : ४१ बजे