२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठुलिभेरीमा एकैपटक सोह्र योजना सुरु



हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिकामा एकैपटक सोह्रवटा आधारभुत योजनाहरु सुरु भएकाछन् । नगरपालिकाले शिक्षा,सडक र खानेपानीलाई प्राथामिकतामा राखि योजना सुरु गरेको हो ।

नयाँ जनप्रतिनिधि आएको आठ महिनामा पाँचवटा बृहत खानेपानी आयोजना तथा आठवटा विद्यालय भवन निर्माणकालागि सम्झौता भएर पनि काम सुरु भइसकेको नगर प्रमुख सुवर्ण बुढाले बताए । त्यसैगरि दुनैमा साडेसात करोडमा रंगशाला निर्माण र साडे बाह्र करोडमा मोतिपुर देखि लाग्नासम्म सडक ग्रावेल गर्ने काम पनि ठेक्का खुलाइ सकिएको उनले बताए ।

नगरपालिकाको वडा नं १,२,३,६,७ र ८ मा बृहत खानेपानी आयोजना निर्माण गर्न लागिएको छ । लक्ष्मी माध्यामिक विद्यालय थरगाउँ,हिमाललय प्राथामिक विद्यालय थरगाउँ,विद्यामन्दिर माध्यामिक बिद्यालय माझफाल,आदर्श माध्यामिक विद्यालय जुफाल,विँडिथान आधारभुत विद्यालय जुफाल,सरस्वती माध्यामिक विद्यालय दुनै,मन्मा प्राथामिक विद्यालय कुम्ली,महादेब प्राथामिक बिद्यालय माझफाल,लालिगुँरास प्राथामिक विद्यालय तिप्लामा दुई र चार कोठे भनव निर्माण गर्न लागिएको छ ।

नगरपालिकाका विभिन्न क्षेत्रमाहुन लागेका सम्पुर्ण योजनाको काम गुणस्तरीय र पारदर्शी हिसाबमा सञ्चालनहुने नगरपालिकाले जनाएको छ । चालु आर्थिक बर्षमा विकासतर्फमात्रै करोडौँ बजेट विनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत दिलप्रसाद रोकायले जानकारी दिए ।

रामचन्द्र न्यौपाने

प्रकाशित मिति : २०७९, १३ माघ शुक्रबार ००:००  २ : ५५ बजे