२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलङ्का जाँदै परराष्ट्रमन्त्री



परराष्ट्रमन्त्री विमला राई पौड्याल बिहीबार श्रीलङ्का जानु हुने कार्यक्रम तय भएको छ ।

श्रीलङ्काको ७५ औं स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल माघ १९ गते बिहीबार श्रीलङ्का जान लाग्नु भएको हो ।

परराष्ट्रमन्त्रीको श्रीलङ्का भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ ।

परराष्ट्रमन्त्री हुनु भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नु हुनेछ । उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्रीलगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुहुने बताइएको छ ।

श्रीलङ्काको स्वतन्त्रता दिवस फेब्रुअरी ४ (माघ २१) मा रहेको छ । श्रीलङ्का ७५ वर्षअघि बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेश मन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गर्नु भएको थियो ।

दक्षिण एसियाली मुलुक श्रीलङ्काले आर्थिक सङ्कटका बाबजुद यसपटक विशेष रूपमा अन्तर्राष्ट्रिय पाहुनाहरू बोलाएर आफ्नो स्वतन्त्रता दिवस मनाउन लागेको छ ।

भ्रमण सकेर मन्त्री पौड्याल आइतबार स्वदेश फर्किनु हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७९, १७ माघ मंगलबार ००:००  ९ : २० बजे