२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेट संघको बैठक बस्दै



नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दै छ । पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवादमा छलफल हुनेछ ।

बैठकमा नेपाल टी २० लिग प्रतियोगितामा भएको खर्च विवरण, सीआईबीले दिएको जानकारी र राखेपबाट गठन गरिएको छानबिन कार्यदलको रिपोर्टका आधारमा प्राप्त निर्देशनका विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ ।

बैठकमा यू१९ राष्ट्रिय टीमको कप्तान र उपकप्तान मनोनयनका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २०७९, १७ माघ मंगलबार ००:००  ९ : २६ बजे