२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनमा अब ईच्छा अनुसार सन्तान जन्माउन पाइने



जन्मदर निरन्तर घट्दै गएपछि चीनमा सन्तान प्राप्तिको सीमा खुला गर्न थालिएको छ ।

सिछुआन प्रान्तले कुनै पनि दम्पतीलाई असीमित सन्तान जन्माउने अधिकार दिएको छ । जन्मदर घटेर जनसंख्या नै खुम्चिने अवस्था आएपछि ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइएको हो ।

सिछुआनमा अविवाहितहरुलाई पनि सन्तान जन्माउने र उनीहरुका सन्तानको जन्म दर्ता गर्न दिइने भएको छ । सन् १९७० देखि एक सन्तान नीति लिएको चीनले सन् २०१६ मा उक्त नीति खारेज गर्दै दुई सन्तानको नीति ल्याएको थियो ।

तर पछिल्लो दशकमा जन्मदर निरन्तर घटेर देशको अर्थतन्त्रमै असर पर्ने खतरा आएपछि चिनियाँ अधिकारीहरु जन्मदर कसरी बढाउने भन्ने योजनामा लागेका छन् । बढी सन्तान जन्माउने आमाहरुलाई करमा सुविधा दिने प्रस्ताव चीन सरकारले ल्याएको छ ।

प्रकाशित मिति : २०७९, १७ माघ मंगलबार ००:००  ९ : ५५ बजे