२०८२, ८ चैत्र आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सवारीसाधन चल्ने



नारायणगढ–मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अवरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्डमा आज देखी नियमित सवारी साधन आवतजावत हुने भएको हो ।

मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आइतबार देखी नियमित रूपमा सडक सञ्चालन गरिन लागेको हो ।

उनका अनुसार पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्ने बाहेक अन्य काम सम्पन्न भएको उनले जानकारी दिए । ‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवातजावतमा अब समस्या छैन निर्बाध रूपमा चल्न सक्नेछन्’ उनले भने ।

गत पुस ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुँदै आएको थियो ।

प्रकाशित मिति : २०७९, २१ फाल्गुन आइतबार ००:००  १२ : ५९ बजे