२०८३, २८ बैशाख सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन–चाँदीको मूल्य घट्यो



काठमाडौं । मंगलबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले घटेको छ।

आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ।

आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४७ अमेरिकी डलर छ।

प्रकाशित मिति : २०७९, २३ फाल्गुन मंगलबार ००:००  २ : ०१ बजे