२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी सञ्चारमाध्यम भजनमण्डली भए : सञ्चारमन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमहरू भजनमण्डलीबाट टाढा रहनुपर्ने बताएकी छन् ।

सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको बताइन् ।

सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको बताइन् ।

‘सञ्चार विधेयक राष्ट्रियसभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ । त्यसलाई हामीले प्रतिनिधिसभामा पुर्‍याउन खोज्दैछौं । हामीले सरकारी सञ्चारमाध्यम भजनमण्डली हुनुहुँदैन भनेका छौँ । हामीले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन थुप्रै कानूनहरू जुन हाम्रो अभाव छ, ती कानूनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरूसँग छलफल गरेर तयार गरिरहेका छौं’, शर्माले भनिन् ।

प्रकाशित मिति : २०७९, २० चैत्र सोमबार ००:००  १२ : ५७ बजे