२०८३, ३१ भदौ बुधबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तानसेन नगरपालिकाले ५७ टहरामा डोजर चलायो

पाल्पा दरबारलाई विश्व सम्पदा सुचीमा समावेस गरिने



पाल्पा । पाल्पा सदरमुकाम तानसेनस्थित दरबार परिसरका ५७ वटा टहरा भत्काउन सुरु भएको छ । नगरपालिकाले पाल्पा दरबारलाई विश्व सम्पदा सुचीमा समावेस गर्नका लागि टहरा भत्काउन सुरु गरेको हो ।

यसअघि नगर कार्यपालिकाले उक्त क्षेत्रका ५७ वटा घर टहरा भत्काउने निर्णय गरेर ३५ निदको म्याद दिएको थियो । सोहीअनुसार आजदेखि टहरा भत्काउन सुरु गरेको स्थानीय सरकारले जनाएको छ ।

पुरातत्व विभागले माघ १० गते तानसेन नगरपालिकालाई पत्र लेख्दै तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन सहजिकरणको अनुरोध गरेको थियो ।

सोही आधारमा संरचना हटाएर पाल्पा दरबारलाई राष्ट्रिय सम्पदा सूचीमा समावेश गर्नका लागि बिहान ७ बजेदेखि संरचना हटाउन सुरु तानसेन नगपालिकाका प्रवक्ता यादव सिं कार्कीले बताए ।

प्रकाशित मिति : २०८०, ६ बैशाख बुधबार ००:००  ४ : ४४ बजे