२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भद्रपुरमा आफ्नै पाठ्यक्रम लागू



झापा। झापाको भद्रपुर नगरपालिकाले स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम तयार पारेर यसै शैक्षिक सत्रबाट नगरपालिकाभित्रमा लागू गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी स्थानीय जाति, भाषा, भूगोल, संस्कृति पर्यटकीय क्षेत्रको पहिचान लगायतका विषय समेटेर पाठ्यक्रम तयार गरी यस शैक्षिक वर्षबाट लागु गरेको हो ।

नगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा १ देखि ८ कक्षासम्म ‘भद्रपुरको सेरोफेरो’ विषयमा स्थानीय पाठ्यक्रम तयार गरेर पठन पाठन सुरु गरेको छ ।

पाठ्यक्रममा ७ वटा क्षेत्र समेटेर तयार पारिएको छ । जसमा भद्रपुरको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्यता, नदी, खोला, तालतलैया, मठमन्दिरहरू, धार्मिक ऐतिहासिक स्थलको परिचय, नैतिक आचरण, योग शिक्षा तथा नगरपालिकाको बारेमा विविध जानकारी समेटिएको छ ।

नगरप्रमुख गणेश पाेखरेलका अनुसार ‘स्थानीय स्रोत साधन र स्थानीय परिवेश सुहाउँदो विषयवस्तु समेटेर पाठ्यक्रम तयार गरेका हो ।’ यस वर्ष पाठ्यक्रम मात्र लागु गरिएको भन्दै पाेखरेलले आगामी शैक्षिक वर्षबाट भने पाठ्यपुस्तक समेत तयार पारेर पठाइने जानकारी दिए ।

पाेखरेलले केन्द्रीय पाठ्यक्रमले नसमेटेका विषयसँगै नीति शिक्षा, जीवन उपयोगी शिक्षा, धार्मिक ऐतिहासिक, सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटकीय स्थल जस्ता विषयहरू पाठ्यक्रममा समावेश गरिएको बताए ।

प्रकाशित मिति : २०८०, २७ जेठ शनिबार ००:००  ७ : ५४ बजे