२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहिदभूमिकाे बजेट ४५ करोड ६९ लाखः सिमित स्रोतले असिमित माग पुरा गर्ने लक्ष्य



धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड ६९ लाखको बजेट प्रस्तुत गरेको छ । दोस्रो गाउँसभामा आर्थिक वर्ष २०८०-०८१ का लागि उपाध्यक्ष रत्नश्वरी राईले ४५ करोड ६९ लाख ३५ हजार ६ सय २७ रुपैंया बराबरको बजेट प्रस्तुत गरेकी हुन् । पालिकाको चालु तर्फ ६ करोड ५४ लाख ७७ हजार २ सय अनुमानित बजेट प्रस्तुत भएको छ ।

शिक्षा, युवा तथा खेलकुदमा १ करोड ६२ लाख ५० हजार, वडा तर्फ १ करोड ६२ लाख ५० हजार, सडकतर्फ १ करोड ४५ लाख, संघिय सशर्त, विशेष र समपूरक अनुदान सञ्चालित योजनाहरु २३ करोड ३७ लाख १८ हजार, प्रदेश सशर्त र समपूरक अनुदानबाट सञ्चालित योजनाका लागि १ करोड ८८ लाख ८६ हजार, ह्युमन प्राक्टिससँगको साझेदारीमा विद्यालय पूर्वाधार निमार्णका लागि १ करोड ७९ लाख ५४ हजार ४ सय २६ रुपैया विनियोजन भएको छ ।

पालिकाको वित्तियसमानीकरण अनुदान ८ करोड ५४ लाख,संघ सरकारबाट राजश्व वाँडफाड ७ करोड ६३ लाख ८७ हजार २ सय, प्रदेश सरकारबाट सवारी करको वाँडफाड २५ लाख ३ हजार ,सर्शतअनुदान चालु र पुँजिगत २२ करोड १४ लाख १८ हजार, आन्तरिकराजश्व ७० लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

सिमित स्रोतबाट नागरिकका असिमित आवश्यकता पुरा गर्नेगरी लोकप्रिय कार्यक्रमसहितको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए । विगतका अधुरा योजनालाई पूर्णता दिँदै सहिदभूमिका समृद्धिका लागि नयाँ रचनात्मक योजना अघि सारिएको अध्यक्ष राईको भनाई छ ।

प्रकाशित मिति : २०८०, ११ असार सोमबार ००:००  ३ : २७ बजे