२०८२, २६ फाल्गुन मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वाधार विकासमा फड्को मार्दै बझाङको दुर्गाथली गाउँपालिका



बझाङको दुर्गाथली गाउँपालिकाले ४१ करोड ८२ लाख २४ हजार ६ सय बजेट ल्याएको छ । पूर्वाधार विकासलाई प्राथमिकता दिएर दुर्गाथलीले आगामी वर्षको बजेट तर्जुमा गरेको हो ।

दुर्गम क्षेत्रको गाउँपालिका भएकाले पूर्वाधार विकासलाई गतवर्ष देखिनै प्राथमिकतामा राख्दै आएकाले आगामी वर्षपनि भौतिक पूर्वाधारका योजनालाई जोड दिएको गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले बताए । पछिल्लो समय स्थानीय सरकारको सकृयतामा भएको कामले विकासमा गाउँपालिकाले फड्को मारेको उनको दावी छ । स्थानीय सरकारको स्रोत साधनले पर्याप्त विकास गर्न नसकिने भएकाले माथिल्ला सरकार र दातृ निकायलाई दुर्गाथलीमा लगानी बढाउन अपिल गरिएको अध्यक्ष थापा बताउँछन् ।

आगामी वर्षका लागि गाउँपालिकाले पालिकाको प्रशासनिक भवन निर्माणका लागि ९ करोड ५१ लाख १० हजार, जाफ्री खानेपानीमा प्रदेश समपुरक ८० लाख, नयाँखोला पिल्लेसी–शिल्काबाडा सडक निर्माणका लागि १ करोड, प्रकोष व्यवस्थापन कोष ५० लाख, स्काइभेटर खरिदको भुक्तानी दिनबाँकी  ६२ लाख, एमविविएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन १५ लाख, शिक्षा र स्वास्थ्यका करार कर्मचारीलाई तलव भत्ताका लागि २ करोड, अध्यक्ष स्वास्थ्य कार्यक्रमका लागि ६ लाख उपाध्यक्ष कोशेली कार्यक्रमका लागि १० लाख, अतिथि सत्कारका  लागि ७ लाख, सेफ हाउस निर्माणका लागि १ लाख जनप्रतिनिधिको सामुहिक बीमाका लागि ४ लाख, कर्मचारीको तलव भक्ता र पदाधिकारीको सेवा सुविधा तथा कार्यालय सञ्चालनमा एकमुष्ट ७ करोड ५३ लाख ४९ हजार ६ सय बजेट विनियोजना, शसर्त कार्यक्रममा १५ करोड ९३ लाखलगायतका शिर्षकमा बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०८०, २० असार बुधबार ००:००  २ : ०२ बजे